अब मनहरीमा आँखाको उपचार नियमित हुने
भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको आँखाका रोगीले अब मनहरीमा नै नियमित रुपमा उपचार पाउने भएको छ । आँखा सम्बन्धि रोगीहरुको समस्यालाई मध्यनजर गर्दै मनहरी सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनको तयारी थालिएको मनहरी गाँउपालिकाका अध्यक्ष एक राज उप्रेतीले बताउनु भयो । जसका लागि मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको छ । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो । आँखा केन्द्र सञ्चालनका लागि मनहरी गाउँपालिकाबाट दुईजना कर्मचारीको खर्च सहित अन्य व्यवस्थापन खर्च मनहरी...



















