स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा अधिकारी चयन
साउन, हेटौंडा – स्वतन्त्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा गोकुल अधिकारी चयन भएको छ । शनिबार हेटौंडामा भएको तेश्रो अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा प्रेमकला पौडेल, सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा रणधीर साह र सदस्यमा जमुना थिङ चयन भएका छन् । २ जना सदस्य पछि चयन गरिने भएको छ । नवनिर्वाचित अध्यक्ष अधिकारीले संघलाई चलायमान बनाउन र व्यावसायिक पत्रकारको क्षमता विकासमा सक्रिय गराउने बताउनुभयो । अधिवेशनबाट केन्द्रीय परिषद् सदस्यमा सुरेश श्रेष्ठ र आदर्श थोकर चयन भएका छन् भने प्रदेश परिषद् सदस्यमा मेनुका बल, रबिन्द्र...



















