नगर खेलकुदको स्थापना दिवसमा हुप्रचौर सरसफाई

साउन, हेटौडा – हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिले प्रथम स्थापना दिवस मनाएको छ । खेलकुद विकास समितिले लोकतान्त्रिक पार्क (हुप्रचौर) मा सरसफाई कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, बागमती प्रदेश युवा परिषदका कार्यकारी उपध्याक्ष सन्तोष चौलागाई, जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिवहरि दाहाल, हेटौंडा उपमहानगरपालिका २ नं वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख, सामाजिक विकास शाखा प्रमुख, विभिन्न खेल सम्बिन्धत संघ संस्थाका प्रमुखहरु तथा खेलाडीहरुको उपस्थित रहेको थियो । कार्यक्रम नगर खेलकुद बिकास समितिका अध्यक्ष...