मुस्ताङको पुरानो कारागार भवन भत्कियो
साउन, जोमसोम – मुस्ताङ जिल्ला कारागार भवन भत्किन पुगेको छ । लामो समयदेखि जीर्ण अवस्थाको कारागार बुधबार भत्किएको हो । भवन भत्किएपछि कारागारको व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । तत्कालिन समय सहायक अञ्चलाधिस बस्ने क्वाटर भवन २०३७ सालमा मुस्ताङ कारागारको रुपमा परिणत गरिएको थियो । एक तले ढुङ्गा र माटोले बनेको ९ कोठे जीर्ण मुस्ताङ कारागार भवनमा त्यहाँ कार्यरत सुरक्षाकर्मी,कर्मचारी र कैदी-बन्दी जोखिम मोलेर रात कटाउन बाध्य परेका छन् । मुस्ताङ कारागारको जीर्ण भवनको २ कोठामा कैदी – बन्दी ,६ वटा कोठामा सुरक्षाकर्मी र एक कोठामा कारागार प्रमुख बस्ने...



















