पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड हुने
भदौं, काठमाण्डौ – रिबिसु मिडियाको आयोजनामा पहिलो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ हुने भएको भएको छ । बागबजारस्थित पत्रकार सम्मेलन गरी अवार्ड कार्यक्रम हुने घोषणा गरिएको हो । अवार्ड ८४ बिधामा गर्न लागिएको र अवार्डको लागि भाद्र २४ देखी असोज ५ गतेसम्म फारम खुल्ला रहनेछ । आयोजक टिमका अनुसार फिल्मका निर्देशक, कलाकार, प्राविधिक साथै सांगीतिक र चलचित्र क्षेत्रमा विशिष्ट योगदान दिनेहरुलाई प्रोत्साहन र सम्मान गरिनेछ । अवार्डमा दुई दशक भन्दा लामो समय बिताएका एक श्रष्टालाई नगदसहित लाइफटाइम एचिभमेण्ट अवार्डद्धारा सम्मान गरिने आयोजक टिमले जनाएको छ । कोरोना महामारीले...


















