पत्रकारको पिसिआर परिक्षण गर्न माग – पत्रकार महासंघ बागमती प्रदेश
बैशाख ३०, हेटौडा – नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटिले कोरोना संक्रमणको समयमा जोखिममा रहेर काम गर्दै आएका पत्रकारहरुको पिसिआर परिक्षण गर्नुपर्ने माग गरेको छ । मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघका महासचिव कृष्ण सारुमगरले कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेको र मंगलबार मात्रै आमनगरिकसँगै सञ्चारकर्मीलाई पनि कोरोना संक्रमण भएको खबरले पत्रकार महासंघ बागमती प्रदेश समिति चिन्तित र दुःखीत भएको बिज्ञप्तीमा उल्लेख छ । यस्तो विषम् परिस्थितीमा जोखिमा रहेका सञ्चारकर्मीहरुको पीसीआर प्रविधिबाट स्वास्थ्य...

















