बागमती प्रदेशको आगामी वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता

जेठ १२, हेटौंडा – आजदेखि बागमती प्रदेशसभाको छैठौं अधिवेशन सुरु भएको छ । बागमती प्रदेशको छैठौं अधिवेशनमा बोल्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रलाई भन्दा पनि कृषि, शिक्षा र स्वास्थ्य तथा रोजगारी क्षेत्रलाई बढी जोड दिइने बताउनुभयो । त्यस्तै विदेशबाट फर्किएका युवालाई र स्वदेशमा रोजागरी गुमाएका युवालाई व्यवस्थापन हुनेगरी बजेट ल्याउने बताउनुभयो । यो वर्षमा पूर्वाधारलाई जोड दिएर बजेट आएको भन्दै आगामी वर्ष कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिने उहाँको भनाई छ । मुख्यमन्त्री पौडेलले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि तीनै तहको सरकार लागीपरेको बताउनुभएको छ...