दैलेखमा अनिश्चितकालीन निषेधाज्ञा जारी
जेठ २३, दैलेख – दैलेखमा कोरोनाभाइरस सङ्क्रमणकाे सङ्ख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, दैलेखले दुई नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । दैलेखको नारायण नगरपालिकामा १९५ जना र दुल्लु नगरपालिकामा ३६ जना कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यस्तै, दुल्लु नगरपालिका वडा न ११ का ३५ वर्षे युवकको कोरोना सङ्क्रमण कारण मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखद्वारा जारी गरिएको निषेधाज्ञासम्बन्धी विज्ञप्तिमा कोरोना भाइरस सङ्क्रमणले जिल्लामा भयावह स्थिति सिर्जना हुन लागेपछि त्यसको नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरिएको छ...


















