गण्डकी प्रदेशको बजेट ३४ अर्ब ८४ करोड प्रस्तुत

असार १, पोखरा – गण्डकी प्रदेशले आगामी वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बिनियोजन गरेको छ । यो कुल बजेटको चालुतर्फ ४१.२ प्रतिशत, पुँजीगततर्फ ५७.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.४ प्रतिशत बजेट हो । त्यसैगरी खर्च ब्यहोर्ने स्रोतमध्ये सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ११ करोड २६...