संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने : पौडेल

साउन, हेटौडा – शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र प्रसाद पौडलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल मकवानपुरले बागमती प्रदेशको राजधनी हेटौंडामा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उहाँले माओवादीलाई बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बनाउने कार्यायोजनाहरु बनाएको बताए । बामपन्थी अन्य पार्टीहरु छन् , उहाँहरुले पनि भन्नुहोला, हामीले चाहीँ हामी पहिलो पार्टी हुन्छौँ भनेका छौँ, आधार पनि छ, सम्भावना पनि...