मनहरी – आदमघाट सडक तीन बर्षभित्र कालोपत्रे हुने

असार, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी बजारबाट धादिङको आदमघाट जोड्ने छोटो दूरीको बाटो निर्माणले तीब्रता पाउने भएको छ । आगामी आर्थिक बर्ष २०७९/०८० मा बागमती प्रदेश सरकारले ३४ करोड रुपियाँ बिनियोजन गरी बाटो निर्माणलाई तीब्रता दिन लागेको हो । यो खण्ड निर्माण हुँदा परेवाभीरको भुइँ भएर पक्की सडक बन्ने निश्चित छ । शुक्रबार अकस्मात बागमती प्रदेश सरकारका तीन जना मन्त्रीले परेवाभीर खण्डमा पुगेर स्थानीय जनप्रतिनिधि, पत्रकार र नागरिकहरुसामु खुसीको खबर दिनु भएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल...