हेटौंडा उपमहानगरको मुख्य बजार क्षेत्रमा साइकल लेन

जेठ, हेटौँडा – आगामी दिनमा बन्ने सडक संरचनामा साइकल लेन अनिवार्य राख्नका लागि दवाव दिने उद्धेश्यले हेटौंडाको मुख्य बजारक्षेत्रमा साइकल लेन बनाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हिमालयन राइडर्स सोसाइटीले साइकल लेन निर्माण गरेको हो । हेटौंडाको मुख्यबजार क्षेत्र बुद्धचोकदेखि पूर्व–पश्चिम, उत्तर–दक्षिण चारैतर्फ सांकेतिक रुपमा साइकल लेन निर्माण गरेर साइकल लेखनको आवश्यकता रहेको दाबी गरेको छ । हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेट तथा हिमालयन राइडर्स सोसाइटीको समन्वयमा साइकल लेन निर्माण गरिएको हो । करिब ३ किलोमिटर सडकको दायाँबायाँ साइकल लेनको रेखाङ्कन गरिने हिमालयन राइडर्स...