लुम्बिनीका शिक्षामन्त्रीले लेखे कक्षा १२ को एक बिषयको परीक्षा
जेठ, बुटवल – लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले कक्षा १२ को परीक्षा लेखेका छन् । बहालवाला प्रदेशमन्त्री खानले कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिएर अन्य विषयको परीक्षामा भने सामेल नभएको बताइएको छ । तर उनले प्रदेश संसद सचिवालयमा स्नातक उत्रिर्ण गरेको उल्लेख गरेका थिए । मन्त्री खान मायादेवी गाउँपालिका वडा नं ५ को हाजीयनातुल्ला माविमा कक्षा गतवर्षदेखि नै कक्षा ११ मा भर्ना भएका थिए । सोही अनुसार उनी १२ मा पनि भर्ना भए । हाल कक्षा १२ को परीक्षा चलिरहेको छ । उनले शिक्षा...

















