मनहरी गाउँ कार्यापालिकाको पुर्णता, कांग्रेसको बहुमत
जेठ, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको छ । गाउँ कार्यपालीका सदस्य पदका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट ५ र नेकपा (माओवादी केन्द्र) बाट एक गरी ६ जना निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेसबाट महिला सदस्यमा मिरा खत्री, सविता सुवेदी, सेतीमाया तामाङ र राममाया नगरकोटि निर्वाचित भएका हुन् । यस्तै दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट कान्छीमाया बोट र नेकपा माओवादी केन्द्रबाट चतुरकुमार सुनार निर्वाचित भएका छन् । निर्वाचित सम्पुर्ण महिला सदस्यहरुले समान ३९ मत प्राप्त गरेका थिए भने । दलीत तथा अल्पसंख्यकमा नेपाली कांग्रेसकी उम्मेदवार...



















