कोभिडको समयमा ‘नो खोप नो भोट अभियान’ थियो, अहिले कतै देख्नुभएको छ ? : स्वास्थ्यमन्त्री लामा

भदौ, काठमाडौं – बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले अहिले सबैले कोरोना खोप पाएको बताएका छन् । तामाङ पत्रकार संघले २८ औं तामाङ प्रसारण दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको तामाङ मिडिया अवार्ड वितरण कार्यक्रममा मन्त्री लामाले उक्त भनाई राखेका हुन्। ‘कोभिडको समयमा खोप नपाएर सामाजिक सञ्जाल नो खोप नो भोट भन्नेले भरिएको हुन्थ्यो। अहिले कतै देख्नुभएको छ, नो खोप नो भोट भनेर?’ मन्त्री लामाले प्रश्न गरे, ‘किनकि हामीले सबैजनालाई खोप दिएको छ।’ पत्रकारले निरन्तर फलोअप गरी खोपबारे चेतना फैलाएका कारण सरकारको खोप अभियान सफल भएकोसमेत मन्त्री लामाको भनाई थियो।...