खुम्बुुमा दुईदिने धर्म देशना सम्पन्न
भदौ, सोलु – सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका-३ मा दुई दिनसम्म भएको धर्म देशना (प्रवचन) कार्यक्रम सम्पन्न भएको छ । शनिवार र आइतबार अर्थात भदौ ११ र १२ गतेसम्म बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित प्रवचन आइतबार सम्पन्न भएका हुन् । धर्म देशनाको समापन समारोहलाई सम्बोधन गर्दै श्रद्धेय नाप्टा रिम्पोछेले मानव जीवन कर्म, हेतु र फलमा आधारित रहेको बताए । उनले बौद्ध धर्म दर्शनको अभ्यास, चिन्तन मनन गर्नुपर्ने र त्यसपछि व्यवहारमा लागू गरी सम्पूर्ण प्राणी जगतको कल्याणको आफ्नो समय खर्चिनुपर्ने बताएका थिए । उनको आशीर्वचनलाई खेन्पो ङ्वाङ लेन्डुपले...



















