धरानमा अब ड्रोनबाट सुरक्षा निगरानी
भदौ, सुनसरी – धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ । धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो । धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो । धरानको स्थानीय सर्दु, खर्दु र निशाने खोलामा भइरहेको वृक्षारोपण, खानेपानीको मुहान निर्माण तथा सरसफाइ अभियानको निगरानी गर्ने काम ड्रोनबाट गर्न...



















