थाहा नगरपालिकाको वार्षिक समिक्षा सम्पन्न
भदौ, हेटौडा (थाहानगर) – उत्तरी मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा संचालन गरेको विकास योजना तथा सेवा प्रवाहको विषयमा वार्षिक समिक्षा कार्यक्रम गरेको छ । थाहा नगरपालिकाले २४ भाद्रमा नयाँगाउँ स्थित पाइनस होटलमा वार्षिक समिक्षा कार्यक्रमको आयोजना भएको हो । थाहानगर प्रमुख विष्णु विष्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली तथा प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्ले, वडा अध्यक्षहरु तथा महाशाखा र शाखा प्रमुखहरु तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकाको वित्तिय प्रतिवेदन लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, योजना सम्बन्धी योजना महाशाखा प्रमुख डम्बर बहादुर विश्वकर्मा, सामाजिक...



















