हेटौंडाको हर्नामाडीस्थित गुम्बाडाँडामा शर्माको अर्ध कदको सालिक अनावरण
भदौ, हेटौंडा – बाम्पन्थी नेता, साहित्यकार तथा पत्रकार स्वर्गीय श्याम प्रसाद शर्माको अर्ध कदको सालिक अनावरण गरिएको छ । हेटौंडा १८ हर्नामाडीस्थित गुम्बाडाँडामा रहेको श्याम प्रसाद स्मृति पार्कमा रहेको उनको सालिक मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनावरण गरेका हुन् । सालिक अनावरण गर्दै मुख्यमन्त्री पाण्डेले नेपाली माटो सुहाउँदो माक्सवादी बिचार प्रवाह गर्दै साहित्य, राजनीतिक र पत्रकारिताको क्षेत्रबाट शर्माले महत्वपूर्ण योगदान दिएको बताए । समाज परिवर्तनको लागि बिचार महत्वपूर्ण विषय भएकाले यस्ता अभियान्ताहरुको सधैँ सम्मान गर्नुपर्ने उनको भनाई छ । कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देल, नेकपा एकिकृत समाजवादी मकवानपुरका अध्यक्ष सुर्यचन्द्र न्यौपाने...



















