तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न

बैशाख, हेटौंडा – न्यु मिडिया एकेडेमी प्रालिको आयोजनामा भएको तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड २०७९ सम्पन्न भएको छ । शनिबार हेटौंडामा अवार्ड वितरणको कार्यक्रमको आयोजन गर्दै १३ वटा विधामा उत्कृष्ट पत्रकारहरुलाई पुरस्कृत र सम्मानित गर्दै तेस्रो तथा चौथो हेटौंडा जर्नालिजम अवार्ड सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टको प्रमुख आतिथ्यता तथा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगिता खड्काको विशिष्ट आतिथ्यतामा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ। अवार्ड विभिन्न १३ वटा विधामा १३ जना पत्रकारहरुलाई प्रदान गरिएको थियो।...