थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति

बैशाख, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनका उम्मेदवारलाई जिताउँन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको हो । थाहामा गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका बिष्णु विष्ट र उपमेयरमा कांग्रेसका भरत गोपाली उम्मेदवार बनेका छन् । १२ वटा वडा रहेको थाहामा वडागत रुपमा १२ नम्बरमा मात्र गठबन्धन भएको छ । यसअघि वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने...