त्याग, निष्ठा र इमानलाई पहिचान बनाएका ‘आदर्श’ थाहा नगरपालिकाकोे नेत्तृत्व सम्हाल्न चुनावी मैदानमा
बैशाख, हेटौडा (थाहा नगर) – मकवानपुर जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिका वडा ३, घर्तिखोलामा २०३३ साल माघ १८ गते पिता स्व शिव बहादुर विष्ट र माता कान्छी विष्टका कान्छो छोराको रुपमा जन्मेका विष्णु बहादुर विष्ट ‘आदर्श’ यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह सदस्य निर्वाचनमा थाहा नगरपालिकाको नगर प्रमुख (मेयर) पदका उम्मेद्वार हुन् । सत्ता गठबन्धन अन्तरगत नेकपा माओवादी केन्द्रको तर्फबाट ‘आदर्श’ मेयर पदका उम्मेद्वार बन्नुभएको हो । माध्यमिक तहसम्मको अध्ययन गर्दै गर्दा ‘आदर्श’ तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धमा २०५३ सालमा सहभागी हुनुभएको हो । पार्टीको भूमिगत...



















