आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति बन्छ – इन्चार्ज मोक्तान
असोज, हेटौंडा – नेकपा माओवादी केन्द्र हेटौंडा १३ नम्बर वडाको सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तालने जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने बताइन् । ‘राष्ट्रियताको पक्षमा लड्ने र देशको हित बपिरित काम नगरेको पार्टी माओवादी मात्र भएकाले आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति बन्नेमा ढुक्क छु’, उनले भने, ‘यो अभियान सम्पन्न गर्न माओवादी आन्दोलनमा लागेकाहरु सबै एकताबद्ध हुन जरुरी छ।’ अधिवेशनले वडा अध्यक्ष बिर बहादुर लो रहनेगरी ३५ सदस्यीय वडा कमिटि गठन गरेको...



















