गुम्बा डाँडामा २५ फिट अग्लो बुद्धको मुर्ती स्थापना गरिने

हेटौडा । मकवानपुरको पर्यटकीय स्थल हेटौंडा १८ स्थित गुम्बा डाँडामा बुद्धको प्रतिमा स्थापना गरिने भएको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास हुन थालेपछि लो डाँडाबाट गुम्बा डाँडा नाम रहन गएको गुम्बा डाँडालाई थप आकर्षक बनाउनका लागि करिब १ करोडको लागतमा २५ फिट अग्लो धातुको मुर्ति बनाउन लागिएको हो । हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै बुद्धको मुर्ति निर्माण समितिका संयोजक तथा समाजसेवी कमलचन्द्र सुमनले सबै पत्रकारहरुलाई सहयोगको लागि आग्रह गरे । उनले हालसम्म १ लाख ५० हजारभन्दा बढी रकम संकलन भइसकेको पनि बताए । मुर्ति निर्माणका लागि काठमाण्डौंस्थित विभिन्न लायन्स...