विप्लबको नेपाल बन्द फिर्ता लिन घेदुङको आग्रह
काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)द्वारा आवहान गरेको नेपाल बन्द फिर्ता लिन नेपाल तामाङ घेदुङले आग्रह गरेको छ । घेदुङले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै तामाङ समुदायको धार्मिक तथा साँस्कृतिक तिथि चैत्रपूर्णिमा बैशाख ६ गते पर्ने र सो पूर्णिमाको अघिल्लो दिन बैशाख ५ गते विश्व सम्पदा बौद्ध स्तुपा परिसरमा विहानबाट धार्मिक पुजा तथा साँस्कृति तेमाल जात्रा सुरु हुने भएकोले उक्त कार्यमा बाधा पुग्ने भएकोले विप्लवलाई बन्द फिर्ता लिन आग्रह गरेका हुन् । घेदुङ्को महासचिब मोहित कुमार तामाङले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा विप्लवलाई लाखौं तामाङहरुको आस्थाको साँस्कृतिक तेमाल जात्रालाई...


















