चलचित्र नीति सबै जातजातिलाई सम्मान गर्ने खालको हुने – संचारमन्त्री बास्कोटा
काभ्रे – अबको चलचित्र नेपालको सबै जातजातिलाई समेट्ने सम्मान गर्ने खालको नीति छिट्टै बनाइने भएको छ । काभ्रेको भकुन्डेबेसीमा भएको तिन दिने तेस्रो तामाङ चलचित्र महोत्सबको शनिबार औपचारिक उद्घाटन गर्नुहुदै प्रमुख अतिथि समेत रहनु भएको सुचना तथा संचारप्रबिधी मन्त्री गोकुल बास्कोटाले यस्तो बताउनु भएको हो । चलचित्रलाई हेर्ने दृष्टिकोण,व्यवहार र संरचना पुरानो भईसकेको उल्लेख गर्दै चलचित्र बिकास बोर्डको संरचना परिबर्तन गर्दै सरकारले चलचित्रसम्बन्धी कार्य तथा नीतिहरु अघि सार्ने उनले भने । तामाङ चलचित्र सघको आयोजनामा भएको महोत्सब शुक्रबारबाट अनौपचारिक रुपमा शुरु भएपनि शनिबार संचार मन्त्री बास्कोटाको प्रमुख आतिथ्यतामा...