आधीहुरीबाट मृत्यु भएको सम्झना हेटौडामा म्हाणी मोलम पुजा

तामसालिङ खबर
२८ चैत्र २०७५, बिहीबार १७:५६

हेटौडा – गत चैत १७ गते बारा पर्सामा आएको आधीहुरीबाट मृत्यु भएको व्यक्तिहरुको सम्झनामा तथा घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बिहिबार हेटौडामा बौद्धधर्म बिधि अनुसार म्हाणी मोलम पुजापाठ गरिएको छ ।

नेपाल तामाङ घेदुङ हेटौंडा वडा नम्बर १५ र मकवानपुर मणि मोलम संघको संयुक्त आयोजानमा बिहिबार थुछेम्या म्हाणी मोलम पुजापाठ भएको हो । आधीहुरीबाट अकालमा निधन हुनेहरु प्रति मुक्ति प्राप्त होस् भन्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै टाशी छेपाल गुम्बामा पुजापाठ गरिएको छ ।

पुजापाठ कार्यक्रम नेपाल तामाङ घेदुङ हेटौंडा–१५ का अध्यक्ष दोर्जे लामा र मकवानपुर मणि मोलम संघको संयोजक बिमला वाइवाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर १५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेपाल तामाङ घेदुङको संघिय सदस्य सुनिल मोक्तन, मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, टोल विकास समितिको जिल्ला समन्वयन सदस्य हर्क लामा, टाशी छेपाल गुम्बाका प्रमुख लामा पञ्चाङ बहादुर लो, कर्साङ लो, अध्यक्ष जय बहादुर तितुङ, लगायत लामा, महिला म्हाणीपाहरुको सहभागी रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*