शुक्रबार सार्वजनिक हुँदै गायक अशोक तामाङको तामाङ दोहोरी

मकवानपुर, २९ जेठ । चर्चित मकवानपुरे गायक अशोक तामाङ र गायिका जस्मिन तामाङले तामाङ भाषाको तामाङ दोहोरी गीत तयार पारेका छन् । भिडियो समेत सम्पादनको अन्तिम चरणमा पुगेको गीतलाई म्युजिक भिडियो सहित यही जेठ ३१ गते शुक्रबार सार्वजनिक गरिने छ । यस अघि गत पुसमा ल्होछार गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक गरेर थप चर्चामा आएका अशोकको यस गीतको म्युजिक भिडियो कस्तो हुनेछ भन्ने बारेमा समेत श्रोताहरुमाझ कौतुहलता बढेको छ । जिग्मे मिडियाको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो शुक्रबार दिउँसो ३ बजे जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत प्रिमियर हुनेछ । गीतमा...