तामाङ चलचित्र क्षेत्रको महानायक नायक अमिर दोङ
साउन, काठमाण्डौ – तामाङ चलचित्र जगतको पनि एउटा इतिहास बनिसकेको अवस्था छ । महिनामा एउटा चलचित्र त कहिले दुई वटा त लगभग प्रदर्शन भैरहेको नै हुन्छ । चलचित्र जगतमा बिकास भएका कारण समाजको धारणा साथै स्वास्थ्य,शिक्षा चेतना साथै धेरै कुराहरुमा क्रमिक परिवर्तन आईरहेको छ । तामाङ चलचित्र जगतमा पहिलो चलचित्र “सेमरी छोराङान” चलचित्र जब ईतिहासमै पहिलोपल्ट प्रदर्शन भयो त्यसपछि थप उर्जा मिलेको थियो । यसका निर्देशक जयनन्द लामा हुन् । सुरुवाती चरणमा तामाङ भाषामा चलचित्रको बनाउनु चुनौती त थियो नै । चलचित्र बिस्तार हुँदै अघि बढ्ने क्रममा समाजमा चलचित्रबाट...



















