तामाङ डाजाङको १० औं अधिवेशन शनिबार हुने
भदौ २७, काठमाण्डौ – तामाङ समुदायको साहित्यिक सस्था तामाङ डाजाङको १० औं अधिवेशन हुने भएको छ । शनिबार काठमाडौंको तामाङ घेदुङको सभाहलमा हुने अधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुने अध्यक्ष सञ्चु व्लोनले बताउनु भयो । ‘तामाङ ग्योइ थेन ग्योइकाइदा छार्नलाइ ! तामाङ ब्रिखेन गिक तासि ब्राइ !’ नारा रहेको डाजाङले १८ वर्षदेखि साहित्यिक क्षेत्रमा कलम चलाउदै आएका छन् । डाजाङले प्रत्येक महिनाको अन्तिम शनिबार साहित्यिक कार्यक्रम गर्दै आइरहेका छन् । शनिबारको अधिवेशन सँगै १८९ औं ग्योइकाइ गेताङ समेत हुने अध्यक्ष व्लोनले बताइन् । संस्थाले १७ वर्षदेखि तामाङ डाजाङ मासिक पत्रिका...



















