हेटौडा उपमहानगरको १९ मा तामाङ घेदुङको वडा कमिटी गठन
भदौ २१, हेटौडा – नेपाल तामाङ घेदुङ हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनामा शुक्रबार हेटौंडा उपमहानगरको १९ नम्बर वडामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । हेटौंडा नगर घेदुङको अध्यक्ष नारायण मोक्तानको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
कमिटीमा उपाध्यक्ष आशाराम बल, सचीव हिमाली बल, सहसचीव अशोक थिङ, कोषाध्यक्ष बिज्ञान स्याङ्तान, सदस्यहरुमा मान बहादुर गोले, राम बहादुर गोले, लोक बहादुर मोक्तान, काली बहादुर घलान, हरि बहादुर घलान, रोज ब्लोन, भिमराज ब्लोन, वीर बहादुर बज्यु, श्यामलाल थिङ, धनमाया सिङ्तान, कृष्ण मोक्तान लगायत गरी २१ जनाको कमिटी गठन भएको छ ।
नेपाल तामाङ घेदुङ नगर अध्यक्ष भिमलाल सिङ्तानको सभाध्यक्ष भएको कार्यक्रममा संघिय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा कमिटी भेला भएको हो । जिल्ला सचिब आत्माराम मोक्तान, नगर सचिब सुवास घिसिङ, लगायतको उपस्थिति रहेको थियो ।






