एनआरएन लेबनानको महिला संयोजकमा मन्जु तामाङ

तामसालिङ खबर
२० भाद्र २०७६, शुक्रबार १५:४३

भदौ लेबनान – गैर आवासीय नेपाली संघ समन्वय समिति (एनआरएन) लेवनानको महिला संयोजकमा मञ्जु मोक्तान तामाङ चयन भएकी छिन ।

बेरुतस्थित एनआरएन लेबनानको सातौ महाधिवेशनबाट मोक्तानलाई महिला संयोजकको जिम्मेवारी दिएका हुन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउपालिका वडा नम्बर ४, अत्तरपुरकी मोक्तान झण्डै एक दशकदेखि रोजगारीको सिलसिलामा लेबनानमा छिन् ।

महाधिवेशनबाट अध्यक्षमा अशोक थापा, उपाध्यक्ष रामसिंह तामाङ, महासचिव धर्मेन्द्र दाहाल, सचिव अर्जुन अधिकारी, कोषाध्यक्ष हेमचन्द्र मगर, सहकोषाध्यक्षमा धवा सुनुवार, युवा संयोजक कृष्ण घिमिरे र सदस्य सुन्दरी तामाङ रहेका छन् ।

बाँकी रहेका पदहरू नयाँ कार्यसमितिले मनोनयन गरिने संयोजक मोक्तानले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*