घेदुङले भन्नैपर्छ, हो हामी सक्छौ’ – टासी लामा तामाङ

सन् २००८ मा अमेरिकामा रास्ट्रपति चुनाबी प्रक्रिया चल्दै थियो । म अन्तर्रास्ट्रिय राजनीतिमा अलिकति रुचि राख्ने भएको नाताले संसारकै शक्तिशाली देशको राष्ट्रपति चुनाबलाई अलि चासो पूर्बक हेरें र सकेसम्मको जानकारी लिने प्रयत्न गरें । एक जना प्रत्यासी बाराक ओबामाको चुनाबी नारा थियो YES WE CAN अर्थात् हो हामि सक्छौं । नभन्दै अप्रत्यासित नतिजा निकाल्दै डेमोक्राटिक पार्टीको आन्तरिक चुनाबमा शक्तिशाली हिलारी क्लिन्टनलाई र अन्तिममा रिपब्लीकन पार्टीको उम्मेदवार जोन म्याकेनलाई पराजित गर्दै सामान्य परिवारमा जन्मेर हजुर मुमासँग हुर्केको ओबामा पहिलो अफ्रिकन मूलको ४४ औं अमेरिकी राष्ट्रपति बने । अर्को चुनाबमा पनि...