तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाईमा हुने
दक्षिण कोरिया – नेपाल तामाङ संघ दक्षिण कोरियाको वार्षिक साधारणसभा जुलाइ ७ तारिकमा हुने भएको छ । तामाङ धिममा भएको बैठकले दक्षिण कोरियाको निक रेष्टुरेण्टको हलमा गर्ने निर्णय भएको संघका अध्यक्ष मेघप्रसाद वाइबाले बताए ।
तामाङ जातिको मौलिक पहिचान विश्वभर फैलाउने उद्येश्यले आफ्नो भाषा, साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा संस्थाले प्रवासमा रहेर आफ्नो समुदाय केन्द्रित कार्यक्रमहरू गर्दै आइरहेको छ ।
संघले विविध विषयमा छलफल गरि कार्यविधि बनाएर सशक्त रूपमा अघि बढ्ने संघका महासचिब गोकुल थोकरले बताउनुभयो । विभिन्न पेशा र क्षेत्रमा आबद्ध सम्पूर्ण तामाङ दाजुभाई, दिदीबहिनी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघसंस्थाका प्रतिनिधीहरुलाइ बार्षिक साधारणसभामा सहभागी हुन आयोजकले आग्रह समेत गरेको छ ।






