किन आए रुपन्देहीका व्यवसायी हेटौँडामा ?
हेटौँडा, बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार रुपन्देही उद्योग संघको भ्रमण टोलीलाई हेटौंडामा स्वागत गरेको छ । रुपन्देही उद्योग संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको नेतृत्वमा ३२ सदस्यीय भ्रमण टोली हेटौंडा आएका हुन् । संघले भ्रमण टोलीको सम्मानमा स्वागत तथा छलफल कार्यक्रम अयोजना गर्दै उनीहरुलाई स्वागत गरेको हो । कार्यवाहक अध्यक्ष न्यौपानेले मकवानपुर जिल्लामा आर्थिक सामाजिक विकासमा संघले खेलेको भूमिका सहित संघको गतिविधि बारे जानकारी गराएका थिए भने रुपन्देही उद्योग संघका अध्यक्ष अधिकारीले आफ्नो संघले गरेको गतिविधिहरु बारे चर्चा गरेका थिए । सोही सन्दर्भमा उनले आफ्नो ५ नम्बर प्रदेशमा...



















