प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सकियो, अध्यक्षमा धीरेन कुमार तामाङ निर्विरोध निर्वाचित

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार ०७:५४

दोहा – नेपाल प्रवासी तामाङ समाज कतारको आठौँ अधिवेशन सम्पन्न भएको छ । समाजको पुर्वअध्यक्ष तिर्थ थिङ् तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रवासी आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष शिवकुमार भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा धीरेन कुमार तामाङ निर्विरोध निर्वाचित भएको छन् |

नबनिर्बाचित तामाङको अध्यक्षतामा २२ जनाको नया कार्यसमिति निर्बिरोध चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा नेत्र कुमार तामाङ, दृतीय उपाध्यक्ष कुमारी बोम्जन तामाङ, महासचिब अशोक कुमार तामाङ, सचिब प्रेम ब.तामाङ, कोषाध्यक्ष गौतम तामाङ, सह-कोषाध्यक्ष सुवास तामाङ लगायत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा ललित कुमार तामाङ, जंगे लोप्चन तामाङ, कान्छाराम तामाङ, मणि लामा तामाङ, मोइराम तामाङ, अस्मिता तामाङ, बेग ब. तामाङ, मोहन सिङ तामाङ, समराज तामाङ, श्री ब. तामाङ, हर्क बहादुर तामाङ, पुष्प मोक्तान तामाङ, राम चन्द्र तामाङ, माया तामाङ, सिरचेन तामाङ रहेका छन् ।

खुल्ला सत्र, बन्द सत्र, निर्वाचन गरि तिन चरणमा भएको अधिवेशनमा संस्कृतिक, मौलिक बाजा डम्फु र टुङनाको धुनमा संयुक्त रुपमा बजाई स्वागत गीतबाट कार्यक्रमको शुरुवात गरेको थियो ।

अधिबेशनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रथम उपाध्यक्ष तेज कटुवाल, मेहेन्दोमाया समाज कतारका अध्यक्ष प्रकाश मम्वा तामाङ, नेपाल तामाङ कलाकार संघको अध्यक्ष सबिना लोप्चन तामाङ, सन्ध्या ग्रुप अलखोरको अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्ब, रामेछाप दोहा सम्पर्क समितिको सचिव ललित लो, रोयल नेपालि रेष्टुरेन्टका संचालक पुष्प तामाङ, काभ्रे सेवा समाज कतारका अध्यक्ष नारायण बिष्ट , प्रदेश न. ३ समन्वय परिषद कतार को महासचिब कविन्द्र कँडेल, नेपाल ग्यावा समाज कतारका अध्यक्ष रामचन्द्र ग्याबा लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*