मोक्तानले जन्मदिनको अबसरमा ६ जना बिद्यार्थीलाइ अध्यापन गर्न आर्थिक सहयोग

हेटौडा – आफ्नो जन्मदिनको अबसरमा मकवानपुरको चुरिमाइ माध्यमिक बिद्यालयमा अध्ययनरत ६ जना जेहेन्दार विधार्थीलाई आर्थिक सहयोग गरेको छ ।
हेटौडा वडा नम्बर १५ स्थायी घर भै हाल शैक्षिक अध्ययनको लागि जापान रहेका सक्सेस मोक्तानले आफ्नो जन्मदिनको अवसरमा दश हजार रुपैया आर्थिक सहयोग गरिएको हो ।
सो बिद्यालयमा आफुले आधारभूततह सम्मको अध्ययन गरेको सम्झना गर्दै गरिब जेहेन्दार बिधार्थिहरु शिक्षाबाट बन्चित नहोस भनि प्रति बर्ष दश हजारको दरले पाच बर्ष सम्म ६ जना बिधार्थीलाइ अध्यपन गराइने बताएको छ ।
बिहिबार बिद्यालयमा एक बिशेष कार्यक्रमका बीच मोक्तानको बुवा सुनिल मोक्तान र आमा उषा मोक्तानको सहभागितामा विद्यालयका प्रधानध्यापक बिष्णु परियारलाइ रकम हस्तान्तरण गरिएको छ ।