इन्द्रसरोबरमा गोले तामाङ बंश उत्थान समाज गठन, अध्यक्षमा बिरेन्द्र गोले

हेटौडा (इन्द्रसरोबर) – गोले तामाङ बंश उत्थान समाजको इन्द्रसरोबर गाउपालिकाको गाउ इकाई कमिटीको शनिबार गठन भएको छ । बिरेन्द्र गोले तामाङको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति गठन गरिएको छ ।
तामाङ समुदायभित्र गोले थरका वंशहरुलाई एकीकृत गराउने उद्धेश्यका साथ स्थापना गरिएको समाज संघीय संरचना अनुसार स्थानीय तहमा समेत गठन गर्ने अभियान शुरु गरेको समाजको जिल्ला अध्यक्ष राजकुमार गोलेले बताउनु भयो ।
समाजको गाउ इकाई कमिटीको उपाध्यक्षमा मनोजकुमार गोले, सचिबमा भरत गोले, कोषाध्यक्षमा झिल्के गोले, सहसचिबमा दिलबहादुर गोले चयन भएको छ ।
त्यस्तै सदस्यहरुमा सुरेस कुमार गोले, कुमार बहादुर गोले, जितबहादुर गोले, इश्वर गोले, सानुकान्छा गोले, बुद्ध गोले, रेशम गोले, पूर्ण गोले, श्याम गोले, दिनेश गोले, शुस्मा गोले, सुबाश गोले लगायतको रहेको छ ।
गोले तामाङ बंश उत्थान समाजको केन्द्रिय सदस्य शुभरत्न गोलेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिरेन्द्र गोलेको अध्यक्षतामा भएको हो । त्यस्तै जिल्ला अध्यक्ष राजकुमार गोले, सचिब रोशन गोले, सदस्य कुमार गोले लगायतको उपस्थिति रहेको थियो ।