तामाङ चलचित्र संघको अध्यक्ष थोकरको भनाइ प्रति २४ अनलाइन मिडियाको गम्भीर ध्यानाकर्षण

तामसालिङ खबर
१२ बैशाख २०७६, बिहीबार २२:४७

काठमाडौ – तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले पत्रकारहरुलाई घुमाउरो भाषामा धम्किपूर्ण भनाइ प्रति तामाङ अनलाइन मिडिया ग्रुपमा आबद्ध रहेको २४ वटा अनलाइन मिडियाले संयुक्त रुपमा गम्भीर धनाकर्षण गरेको छ ।

मिडिया ग्रुपका अध्यक्ष समेत रहेका गोल्चे संचारका पत्रकार प्रितम कुमार तामाङले समाजिक सञ्जालमा चलचित्रको विषयमा नराम्रो समीक्षा गरेको भन्दै संघका अध्यक्ष थोकरले तामाङ चलचित्रर्मीप्रति गलत प्रहार रोकेन भने विकल्पको लागि जे पनि गर्न तयार रहेको भनाइ प्रति आपत्ति जनाएका छन् । बिहिबार मिडिया ग्रुपले संयुक्त बिज्ञप्ति जारि गर्दै कारवाहीको लागि माग गरेका छन् ।

पत्रकार तामाङले सामाजिक संजालमा यस्तो भनिएका थिए, ‘‘यो तामाङ चलचित्रहरु चै तामाङ कलाकार र पत्रकारहरु मात्र हेर्न बनाएको जस्तोे लाग्न थाल्यो बा’ लेखेका थिए । उनले थपेका छन,‘के सारो रहर लाग्या होला पैसा बढी भाको ।’

संघका अध्यक्ष थोकरले बैशाख ११ गते भएको एक कार्यक्रममा चलचित्रको विषयमा समीक्षा गर्ने पत्रकारहरुलाई जे पनि गर्न सक्ने धम्की दिएका थिए । संघका अध्यक्ष थोकरले सार्वजनिक स्थलमा राखेको वक्तव्यलाई सार्वजनिक रुपमा सच्याउन समेत बिज्ञप्तिमा अनुरोध गरिएको छ ।

आम रुपमा अभिव्यक्ति स्वतन्त्रता र संबिधानमा प्रेस स्वतन्त्रता माथिको नाङ्गो हस्तक्षेप भएको भन्दै निर्वाध रुपमा पत्रकारिता गर्ने वातावरणमाथि खलल पु¥याउने काम भएको भन्दै कारवाहीको लागि जोडदार माग गरेको विज्ञप्तीमा उल्लेख छ । संघको अध्यक्ष थोकरले पछिल्लो समय प्रतिकार गर्ने शब्दहरु धेरै प्रयोग गर्न थालेका छन् ।

केही समय अघि पनि थोकरले अन्तराष्ट्रिय तामाङ फिल्म फेस्टिभलको विषयमा पनि प्रतिकार गर्ने बताएका थिए । संघका अध्यक्ष थोकरले सामाजिक सञ्जाल मार्फत नै तामाङ चलत्रिको लेखाजोखा गर्ने तिम्रो हैसिय पुगेको, फेसबुकमा तामाङ चलचित्रर्मीप्रति गलत प्रहार रोकेन भने विकल्प खोज्छौं भनेर पोष्ट गरेका छन् । यता, पत्रकार तामाङले भने आफूले सकरात्मक टिप्पणी गर्न पाउनु पर्ने बताए ।

बिज्ञप्ति हेर्नुस:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*