बहराईनमा बुद्धजयन्ती मनाउने तयारी

तामसालिङ खबर
११ बैशाख २०७६, बुधबार १८:१५

बहराइन – नेपाल आदिवासी जनजाती महासंघ बहराईन प्रवास शाखाको आयोजनामा र ६ वटा जातिय संस्था नेपाल मगर संघ, तमु सेवा समाज, किरात याक्थुङ चुम्लुङ, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोख्खा र शेर्पा किदुगको संयुक्त आयोजनामा बुद्ध जयन्ती भब्य रूपमा मनाईने भएको छ ।

प्रवासको ब्यस्त समयलाई मध्यनजर गर्दै आउदो १७ मे २०१९ शुक्रबारका दिन ‘ब्लुमुन रेस्टुरेन्ट सभाहल’ मा मध्याह्न १ बजे देखि बुद्ध जन्मजयन्ती मनाईने तयारिमा जुटेका महासघको अध्यक्ष झहर मान थेबेले जानकारी दिनु भएको छ ।

बौद्ध धर्मावलम्बीहरुको विधि अनुरुप अनुष्ठान तयार गरि लामा गुरुद्वारा पाठपुजा गर्दै विधिवत रुपमा मनाइने तथा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

बुद्ध जन्मिएको देश नेपाल र नेपाली हरुको गौरव पहिचान, एसियाको तारा, राष्ट्रिय बिभुती तथा बौद्धमार्गिहरुको आस्थाको प्रतीक गौतम बुद्ध बौद्ध धर्मावलम्बीहरुको मात्र नभएर विभिन्न धर्म मान्ने नेपालिहरुको साझा पहिचान हो भन्दै उक्त अवसरमा बहराईनमा विभिन्न पेसामा आवद्ध भक्तजनहरुलाई पुजा आरधनाको लागि सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ |

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*