आइटीसीको पुर्वी एसिया क्षेत्रीय सम्मेलनबाट संयोजकमा अस्मिता वाईबा चयन

तामसालिङ खबर
१० असार २०७६, मंगलवार ०८:३०

थाईल्याण्ड – अन्तर्राष्ट्रिय तामाङ परिषद(आइटीसी) को पुर्बी एसियाका ७ राष्ट्रका तामाङ सङ्गठनका प्रतिनिधिहरुको सहभागितामा थाईल्याण्डमा भएको सम्मेलनबाट पुर्बी एसियाको क्षेत्रीय समन्वय समितिको गठन गरेको छ । समितिको सयोजकमा परिषदका उपाध्यक्ष अस्मिता वाइबालाई चयन गरेको छ ।

हङ्कङ तामाङ घेदुङ्का अध्यक्ष विश्व घिसिङ तामाङलाई सचिबमा चयन गरिएको छ । त्यस्तै समितिको सदस्यहरुमा बोयस लामा (थाइल्यान्ड ), स्नेह तामाङ (कोरिया), दिप तामाङ (म्यान्मार), फुर्बा तामाङ ( मलेसिया ), हेम तामाङ (मकाओ), चयन भएका छन् ।

परिषदको अर्को क्षेत्रीय सम्मेलन गल्फ (खाडी) क्षेत्रको दुबई अथवा कतारमा गर्न तामाङ समाज युएईका उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ्ले परिसदको केन्द्रीय समितिलाई माग गरिएको छ । दुइ दिन सम्म चलेको सम्मेलनमा पुर्बी एसियाको क्षेत्रीय समन्वय समितिको गठन, छेत्रीय कार्य योजना र केन्द्रिय कार्य योजना माथी छलफल भएको अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिब रबिन लामा थिङ्ले बताउनुभयो ।

सम्मेलनमा नेपालबाट प्रतिनिधि सभाका सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा कोरियाका लागि नेपालका पुर्ब राजदुत कमान सिङ तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिसदका अध्यक्ष के एम तितुङ, नेपाल तामाङ घेदुङ्का अध्यक्ष मोहन गोले, सल्लाहकार सुजेन्द्र गोले, जापान तामाङ समाजका प्रमुख सल्लाहकार हवल चन्द्र तामाङ, तामाङ समाज युएई का उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, नेपाल तामाङ घेदुङ्का केन्द्रिय सचिब राम कृष्ण ब्लोन, लगायत गान्बा, ताम्बा र नेपालबाट कलाकारहरु प्रेम लोप्चन, कृष्ण वाइबा र सोनम बज्युको पनि उपस्थिति रहेको थियो ।

सम्मेलन पुर्बी एसियाको ७ सदस्य संगठन राष्ट्रहरुले आआफ्नो गतिविधि र योजना सहितको प्रतिबेदन प्रस्तुत गरेका थिए । सम्मेलनबाट आगामी योजना र निति सहितको ७ बुँदे घोषणा पत्र जारी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*