तीन महिने बौद्धधर्म शिक्षा शिविर सम्पन्न
भदौ ८, काठमाण्डौ – तीन महिने निशुल्क बौद्धधर्म शिक्षा शिविर सम्पन्न काठमाण्डौमा सम्पन्न भएको छ । तामाङ बौद्ध महासंघ नेपालद्वारा संचालित तिन महिने नि:शुल्क बौद्ध धर्म प्रशिक्षण शिविर’ काठमाडौंको नागार्जुन नगरपालिका – ५ स्वायम्भुमा भएको हो ।
तामाङ समुदायको धर्म संस्कार कला सास्कृतिक भेषभुषा, भाषा लिपि शिक्षा आर्थिक र बौद्धधर्म दर्शन साहित्य सँस्कृती परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बिश्व मै गौरबशाली बौद्धधर्म शिक्षाको ध्वनीलाई गाउँ-बस्ती सम्म पुर्याई सभ्य समाज र राष्ट्र निर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले नि:शुल्क बौद्ध धर्म प्रशिक्षण शिविर गरिएको आयोजकले जनाएको छ ।
तामाङ बौद्ध महासंघको अध्यक्ष खेन रिन्पोक्षे गेशे ङिमा तामाङको प्रमुख आतिथ्यतामा दिप प्रज्जलन र म्हार्मे मोलमबाट तिन महिने निशुल्क बौद्धधर्म शिबिर समापन तथा प्रमाणपत्र बितरण गरिएको थियो ।

प्रमुख अतिथि समेत रहेको धर्मगुरु खेन रिन्पोक्षेले धार्मिक प्रवचनको शिलशिलामा धर्मको कुनै बिधि र लिपि भाषा थाहा नहुनेहरु सबैले नाम संग ”लामा” राखिएर आफ्नो थर र जातको पहिचान मेटिदै गएको र लामा को अर्थ नबुझि अपमानित तरिकाले समाजमा ब्याख्या भएको प्रति दुख ब्यक्त गर्नुभयो।
तामाङ बौद्ध महासघले संचालन गरेको तिन महिने बौद्ध धर्म शिबिर महाअभियान अन्तगर्त बिगत १८ महिना देखि सन्चालित कार्यक्रम अहिले १३ जिल्लाको बिभिन्न गाउ बस्ति पुगि आमा बुबालाई बुद्ध धार्मिक शिक्षा दिन पाउदा हामी खुसी भएको महासघको महासचिब टेक राज मोक्तानले बताउनु भयो ।
समापन कार्यक्रममा महासघको उपाध्यक्ष धर्मगुरु सर्बोजित गोङ्बा तामाङ, तामाङ बौद्ध महासघ प्रबास शाखा मलेसियाको महासचिब सोनाम नोर्बु तामाङ लगायत स्थानीय संघसस्थाको प्रतिनिधि, समाजसेबी, बुद्धिजिबि र प्रशिक्षार्थीहरुको सहभागी रहेको थियो ।
सहयोगी दाता, प्रशिक्षक धर्म गुरुलाई सम्मान गर्दै प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र बितरण गरिएको ज्याम्याङ म्हाणीपा महिला संघको अध्यक्ष सबिना लो तामाङले बताउनु भयो ।






