यौन दुर्व्यवहारको आरोपमा पूर्वसभासद घिसिङ पक्राउ

तामसालिङ खबर
२५ भाद्र २०७६, बुधबार ०८:४९

भदौ, ललितपुर – प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् । एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*