किस्पाङमा तिन महिने बौद्धधर्म शिक्षा शिबिर सम्पन्न
असोज ७, नुवाकोट – तीन महिने बौद्धधर्म शिक्षा सम्बन्धी नि:शुल्क शिविर नुवाकोटको किस्पाङ गाउपालिका वडा नम्बर ३ काहुलेमा प्रशिक्षार्थीहरुलाई सम्मान तथा प्रमाणपत्र बितरण गरिएको छ । तामाङ समुदायको धर्म संस्कार कला सास्कृतिक भेषभुषा, भाषा, लिपि शिक्षा, आर्थिक र बौद्ध धर्म दर्शन साहित्य सस्कृति परम्परा एवम् सम्भोटा लिपीको जगेर्ना संरक्षण सम्बर्द्धन र बिकास गर्दै बौद्ध धर्म शिक्षाको ध्वनीलाई गाउँ बस्ती सम्म पुर्याई समाज र राष्ट्र निर्माणको लागि सहयोग पुर्याउने उद्धेश्यले शिबिर गरिएको तामाङ बौद्ध महासघको महासचिब टेक राज मोक्तान तामाङले बताउनु भयो । तामाङ बौद्ध महासंघ नेपालको अध्यक्ष तथा खेन...



















