पत्रकार प्रतीक ङेसुरको ‘तामाङ भाषा र लिपि’ पुस्तक सार्वजनिक

कार्तिक, काठमाडौं – नेपाल तामाङ घेदुङका पूर्व महासचिव एवं पत्रकार प्रतीक ङेसुर तामाङको ‘तामाङ भाषा र लिपि’ पुस्तक मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले पुस्तक सार्वजनिक गरेका हुन् । तामाङ समुदायमा लिपिसँग सम्बन्धित विवाद चलिरहेको सन्दर्भमा तामाङले उक्त पुस्तक ल्याएका छन् । पुस्तकमा तामाङ भाषा लेखनमा नेपाल तामाङ घेदुङ, अखिल भारतीय तामाङ बौद्ध संघ लगायत संस्थाले प्रचलनमा ल्याएको ‘तामयिग’ तथा बौद्ध धर्म संस्कारमा प्रयोग हुने ‘सम्बोटा (उछेन)’ लिपिको प्रयोग कति व्यावहारिक छ भन्ने विषय समेटिएको छ । दुवै लिपिको प्रयोग...