तामाङ डजाङको अध्यक्षमा फुलकुमार बम्जन निर्बाचित
असोज ११, काठमाण्डौ – तामाङ समुदायको पहिलो साहित्यिक सस्था तामाङ डजाङको दशौ अधिबेशनबाट अध्यक्षमा फुलकुमार बम्जन निर्बाचित भएका छन् । काठमाण्डौमा शनिबार तामाङ घेदुङको सभाहल भएको अधिबेशनमा बम्जनको नेतृत्वमा १७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो ।
अधिबेशनमा अध्यक्ष पद बाहेक अरु सबै सर्बसम्मत चयन भएका छन् । अध्यक्षको प्रत्यासीमा नेत्र मोक्तान तामाङ र फुलकुमार बम्जन बीच भएको निर्बाचनमा बम्जन बिजय भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा माणिकलाल घिसिङ, सचिबमा निकिता लामा, कोषाध्यक्षमा प्रयत्न वाइबा तामाङ, सह-सचिब साम्देन दोङ, र सदस्यहरुमा दाम्जे दोर्जे लामा, शान्ति दोङ, राम गोम्जा, स्वयम्बर सि लामा, हिरामाया घिसिङ, मानकाजी पाख्रिन, रचना मोक्तान, हिरामाया घिसिङ(कुसुम), कविराज कल्तान, इश्वर थोकर, अस्मिता घिसिङ, तेज योञ्जन तामाङ लगायत सर्बसम्मत चयन भएका छन् ।
निर्बाचन मण्डलका तामाङ पत्रकार संघको केन्द्रिय अध्यक्ष बिष्णु मोक्तान, समाजसेबी लिलाबहादुर दोङ, निबर्तमान अध्यक्ष सन्चु ब्लोन तामाङ, पत्रकार अर्जुन पाख्रिन लगायतले नया कार्यसमितिलाई बधाई शुभकामना ब्यक्त गरेका थिए ।
डाजाङले गत भदाैं २८ गते नेपाल तामाङ घेदुङकाे हलमा गरेकाे अधिवेशन स्थगित गरेकाे थियाे । अधिवेशन सहमतिमा अघि कार्य समिति चयन गर्न गाह्राे भएपछि असाेज ११ गतेकाे लागि मिति तय गरेकाे थियाे ।






