नेवा: ताम्सालिङको प्रदर्शनमा आइपुगे मन्त्री देखि संसदहरु (फोटो/भिडियो सहित)
पुस २३, हेटौडा – प्रदेश नम्बर ३ को नाम नेवा: ताम्सालिङ हुनु पर्छ भन्दै बुधबार हेटौडामा भएको प्रदर्शनमा मन्त्रि देखि संसदहरु समेतले समर्थन जनाएका छन्। नेवा: तामसालिङ समन्वय समिति लगायत आदिबासी जनजाती महासघ र जातीय सस्थाहरुले प्रदेश सभा भवनको अगाडी गरिएको प्रदर्शनमा प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश संसदहरु: नेवा: ताम्सालिङ नामकरणको प्रस्ताबक ओमबहादुर ग्लान, रत्न ढकाल, राजन दहाल, बिनोद खडका, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी लगायत प्रदर्शनमा हौसला बढाउदै प्रदर्शनमा सहभागीहरु संगै कुराकानी गर्दै उहालेहरुले सदनमा पहिचान सहितको नामकरणको सवालमा जोडदार माग गरिएको दृढ...


















