कतार घेदुङले मनाए, बार्षिक उत्सब संगै ल्होछार

माघ ५, काठमाडौं – नेपाल तामाङ घेदुङ कतारले तामाङ समुदायको पर्ब२८५६ औं सोनाम ल्होछार भव्यताको साथ मनाएको छ । घेदुङको प्रथम वार्षिकोत्सवका साथै सोनाम ल्होछार शुक्रबार भव्य रुपमा मनाएको हो । ल्होछारमा गायक तथा संगीतकार फूलकुमार बम्जनले जोडदार प्रस्तुती दिएका थिए । यस्तै सेलो गायिका पुर्णिमा लामाले पनि आफ्ना प्रस्तुती राखेकि थिइन । कार्यक्रममा शुभ घलानले पनि जोडदार प्रस्तुती दिएका थिए । घेदुङका कावा अध्यक्ष ज्ञानमान थिङ तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतिभा र क्षमता भएर पनि तामाङ जाती अवसरको कमिले निश्चित दायरामा बाध्य भएर बस्नुपरेको अवसर पाएमा...