कतार घेदुङले मनाए, बार्षिक उत्सब संगै ल्होछार
माघ ५, काठमाडौं – नेपाल तामाङ घेदुङ कतारले तामाङ समुदायको पर्ब२८५६ औं सोनाम ल्होछार भव्यताको साथ मनाएको छ । घेदुङको प्रथम वार्षिकोत्सवका साथै सोनाम ल्होछार शुक्रबार भव्य रुपमा मनाएको हो । ल्होछारमा गायक तथा संगीतकार फूलकुमार बम्जनले जोडदार प्रस्तुती दिएका थिए ।
यस्तै सेलो गायिका पुर्णिमा लामाले पनि आफ्ना प्रस्तुती राखेकि थिइन । कार्यक्रममा शुभ घलानले पनि जोडदार प्रस्तुती दिएका थिए । घेदुङका कावा अध्यक्ष ज्ञानमान थिङ तामाङको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिभा र क्षमता भएर पनि तामाङ जाती अवसरको कमिले निश्चित दायरामा बाध्य भएर बस्नुपरेको अवसर पाएमा तामाङ जातिले राष्ट्र निर्माणमा ठूलो योगदान पुग्ने कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको राजदुत डा. नारदनाथ भारद्वाजले बताउनु भयो ।







