आऊ देश बनाऊ
– प्रदीप वालाचन
आकाश संगै छौं हामी आकाश छुने रहर के लाई ?
देशमा सबै छ यहाँ सुत्दै माग्ने ठहर के लाई ?
आऊ देश बनाऊ अब समस्याको जहर केलाई
स्वच्छ हावा स्वच्छ पानी सुन्दर हिमाल सदा भेट्ने
पशुपंक्षी हरियाली सम्पत्ति हुन् बारबार बेच्ने
उत्पाद नै नगरी उपभोगको रहर के लाई ?
बिदेशी माल थुपारेर ग्राहक लुट्ने पसल के लाई ?
आऊ देश सिंगारौँ टाँसिएको फोहोर केलाई
आकाश संगै छौं…
भेडाको ऊन निकालेर भेडा छोप्ने बस्त्र बन्छ ।
प्रकृति र खनिजले देश स्वर्ग जरुर बन्छ ।
बेचिएर जीवन पुरै सुखको रहर के लाई ?
लुट्दै लुट्दै लुटाएर लुटिएको प्रहर के लाई ?
आऊ समृद्ध बनाऊ सुखी बन्न ढिला केलाई ।
आकाश संगै छौं…
(साहित्यकार वालाचन तिन नम्बर प्रदेशको प्रदेशसभा सदस्य समेत हुनु हुन्छ ।)






