यकिन अगाधको छारम्राप बिमोचन

तामसालिङ खबर
१३ जेष्ठ २०७६, सोमबार ११:०९

काठमाडौ – साहित्यकार यकिना अगाधको कथासंग्रह छारम्राप अर्थात नयाँढोका शनिबार बिमोचन गरिएको छ । थेबा बुक्सको आयोजनामा भएको कार्यक्रममा बिमोचन संगै संग्रह माथि अन्तरसंवाद समेत गरिएको थियो ।

पुस्तकमाथि टिप्पणीकारले टिप्पणी गरेका थिए । टिप्पणीकार निष्नु थिङले तामाङ दृष्टिकोणले किताब उच्च कोटिमा पर्ने बताए । उनले थप्दै पश्चिमा साहित्यले नेपालीमा अड्डा जमाइरहेको बेलामा सामाजिक यथार्थमा वैचारिक अर्गानिक कथा आउनु तामाङ साहित्यको विकास भएको हो ।

यसैगरी अर्को टिप्पणीकार शान्ति लामाले तामाङ समाज र परिवेश बुझ्न सकिने विश्वविद्यालय नै छारम्राप रहेको ठम्याइ गरिन् । वास्तविक पात्रहरुको सपाट प्रयोगले बाल्यकालको आफ्नो संस्मरण पनि गरिन् ।

टिप्पणीकार दुपवाङ्गेल मोक्तानले पात्रको कलात्मक शैलीको अभाव भएको टिप्पणी गरे । कथाहरु छोटो भएपनि सिन्धुली मरिण आसपासका वास्तविक कथा ल्याएकोमा कथाकारलाई बधाई पनि दिए ।

यसअघि अगाधको २०६१ सालमा छोन्बो नाम्सा (जिउँदो गाउँ) गजल संग्रह आइसकेको छ । १ सय ३० पृष्ठ रहेको छारम्रापमा २५ वटा कथा संग्रहित छ । पुस्तक प्रकाशकहरुको भीडमा थेबा बुक्स पनि थपिएको छ ।

यसले विशेषतः तामाङ साहित्यिक प्रकाशन गर्दै अघि बढ्ने संचालक एवं कवि मुक्तान थेबाले स्वागतको क्रममा जानकारी दिएका थिए । लेखक अगाध लामो समय देखि साहित्यिक क्षेत्रमा क्रियाशील छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*